२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अत्यावश्यकबाहेकका सेवा स्थगित

बुधवार , माघ ५, २०७८

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • भैरहवा, ५ माघ ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।

    माघ ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा, मुद्दासम्बन्धी कार्य र अन्य अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नविकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका अन्य सेवाहरु स्थगित गरिएको तिवारीले जानकारी दिए । 

    कार्यालयमा अत्यावश्यक सेवाका लागि सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोपकार्डका लिएर (मोबाइलमा फोटो भए पनि हुने) आउनुपर्ने प्रजिअ तिवारीद्वारा बुधबार जारी गरिएको सूचनामा उल्लेख छ । 

    ‘नियमित कार्यसम्पादनको क्रममा कार्यालयको विभिन्न फाँटमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण तथा लक्षण देखिइ हाल होम आइसोलेशनमा रहेका साथै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड हुने हुँदा कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेका कारण अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको हो, ’सूचनामा उल्लेख छ ।

    सेवा_स्थगन_सम्बन्धी_अत्यन्त_जरुरी_सूचना_।.jpg