२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

बिहिवार , माघ ६, २०७८

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । 

अनेरास्ववियु निकट बिद्यार्र्थीहरुले बिहीबार काठमाडौंको अमृत साइन्स क्याम्पस अगाडी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

मूल्यवृद्धिको विरोधमा नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बिद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर , सरकार बिउझेला हल्ला नगरौं , देउवा सरकारको ठूलो उपलव्धी, अत्यावश्यक सामानहरुको चरम मूल्यबृद्धि लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कोरोना महामारीका बीच दैनिक उपभोग्य सामाग्रीहरुका साथै पेट्रोलियम पदार्थहरुको मूल्यबृद्धि भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले बतए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।