images

शनिवार, बैशाख २२ गते २०८१

तथ्यांक अद्यावधिक गर्न कृषि प्राविधिकलाई अभिमुखीकरण

तथ्यांक अद्यावधिक गर्न कृषि प्राविधिकलाई अभिमुखीकरण

images
images
images
बिहिवार, माघ ६ २०७८
बिहिवार, माघ ६ २०७८
  • तथ्यांक अद्यावधिक गर्न कृषि प्राविधिकलाई अभिमुखीकरण

    भैरहवा, ६ माघ ।
    गएको कार्तिक महिनामा आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएपछि मुल्यांकन गर्न कठिनाइ भयो । यकिन विवरण नआएकाले क्षतिपूर्ति वितरणमा समस्या भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौंले अहिले कृषि तथ्यांक अद्यावधिक गर्न सफ्टवेर बनाएर प्रदेशहरुमा अभिमुखीकरण गरिरहेको छ । 

    images
    images
    images

    बिहीबार लुम्बिनी प्रदेशको कृषि निर्देशनालय र मन्त्रालयले रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका स्थानीय तहका कृषि प्राविधिकहरुलाई कृषि तथ्यांक अद्यावधिकरण सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्राविधिकहरुले स्थानीय तहका कृषि अधिकारीलाई दुईदिन तथ्यांक अद्यावधिक गर्न सिकाउने छन् । अद्यावधिक गरेको तथ्यांक प्रदेश र संघीय कार्यालयहरुले सच्चाउन  मिल्ने बनाइएको कृषि निर्देशनालयका सूचना अधिकारी राम पाण्डेले बताए । अब तथ्यांक अद्यावधिक भएपछि कृषिका योजना निर्माण र त्यसको सुपरीवेक्षण गर्न तीनै तहका सरकारलाई टेवा पुग्ने लुम्बिनी प्रदेशको कृषि निर्देशनालयका प्रमुख यम नारायण देवकोटाले बताए । 

    संघीय संरचनामा जानु अघि जिल्लागत तथ्यांकमा एकरुपता थियो । तर अहिले स्थानीय तह, प्रदेश र संघको आपसी समन्वय अभावमा फरकफरक तथ्यांक सार्वजनिक हुने गरेको छ । स्थानीय सरकारले प्रदेश र संघलाई तथ्यांक सच्चाउन सहयोग नगरेको उनीहरुको गुनासो छ । अब सफ्टवेयरको निर्माणपछि तथ्यांकमा एकरुपता आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौँका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।

    मन्त्रालयले यस अघि गण्डकी, मधेश प्रदेश र प्रदेश १ मा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । अब चाँडै बाँकी तीनवटा प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij