२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द

आइतवार , माघ ९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • पाल्पा, ९ माघ ।
    जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण  देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो । 

    प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आज (आइतबार)देखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा संक्रममण बढेको छ । 

    पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यक भन्दा सामान्य काममा भीडभाड बढेको थियो । सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ । रासस