images

शुक्रवार, चैत्र १६ गते २०८०

भैरहवामा ‘बबल टी’ र २० रुपैयाँमै चाउमिन

भैरहवामा ‘बबल टी’ र २० रुपैयाँमै चाउमिन

images
images
images
सोमवार, माघ १० २०७८
सोमवार, माघ १० २०७८
  • भैरहवामा ‘बबल टी’ र २० रुपैयाँमै चाउमिन

    भैरहवा, १० माघ । 
    भैरहवामा २० रुपैयाँमै चाउमिन विक्री शुभारम्भ भएको छ । भैरहवास्थित बैंकरोडमा रहेको बुद्ध बजारमा २० रुपैयाँमै चाउमिन विक्री सुरु भएको हो । भैरहवामा ग्रामीण क्षेत्रबाट काम गर्ने श्रमिकहरु आउने गरेकाले उनीहरुलाई समेत मध्यनजर गर्दै न्यूनतम मूल्यमा खाजा खुवाउन सुरु गरिएको शवर्मा क्याफेका सञ्चालक विमल सेन ठकुरीले बताए । अन्य रेष्टुरेण्ट भन्दा यसको स्वाद र परिमाण कुनै पनि तरिकाले कम नहुने बताउँदै उनले ग्राहकले चाहेमा प्याक गरेर पनि दिन सकिने जानकारी दिए ।

    images
    images
    images

    chaumin.jpg

    यसको साथै रेष्टुरेण्टमा भैरहवामै ‘बबल टी’ को विक्री भइरहेको क्याफेका अर्का सञ्चालक अभिषेक केसीले जनाए । मुख्यतः ताईवानमा सुरु भएको तरुलबाट विशेष विधिबाट बनाइने यो चियाको आफ्नै विशेषता रहेको केसीले बताए । चाउमिन र बबल टी संगै रेष्टुरेण्टको विशेष परिकारको रुपमा सोरमा समेत रहेको उनले बताए । कुखुराको मासुबाट बन्ने यो परिकार पनि थोरै रकममा उपलब्ध हुने उनको भनाइ छ ।

    bubble t.jpg

    सञ्चालक ३० वर्षिय अभिषेक केसी १२ वर्ष दुबई बसेर आएका युवा हुन् । उनले त्यहाँ ‘स्टार बक्स कफी’ भन्ने चेन व्यवसायमा काम गरी कफिबारे सिकेका कुराहरु नेपालमा प्रयोग गरेको बताए । २२ लाखको लगानीमा विगत १ वर्षअघि शवर्मा क्याफे सञ्चालनमा आएको उनले जानकारी दिए ।

    बैंकरोडमा पहिला आदर्श विद्या मन्दिर विद्यालय रहेको स्थानमा बुद्ध बजार स्थापना भएको छ । बैंकरोडमै रहे पनि शान्त र रमणीय वातावरण रहेको कारण ग्राहकले यो स्थानलाइ अहिले रुचाइरहेको सञ्चालकद्वयको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij