२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो : योगेश भट्टराई

सोमवार , माघ १०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १० माघ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको दावी गरेका छन् । उनले अवस्था सरकारको काबु बाहिर गइसकेको बताएका छन् ।

    सोमबार राती सामाजिक सञ्जाल फेसबुकमा नेता भट्टराईले लेखेका छन्, ‘बजारमा सिटामोल छैन्, स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पताल बन्द, स्वास्थ्यकर्मीको अभावमा खोप कार्यक्रम बन्द, सार्वजनिक स्थलमा खोप कार्ड खोजिन्छ तर ६० प्रतिशतले खोप नै पाएका छैनन्, खोप केन्द्रीय भण्डारमा छ तर जिल्ला जिल्लामा छैन किनकी प्रदेश र जिल्लामा भण्डारण केन्द्र नै छैन । खोप छ, तर सिरिन्ज छैन, सिरिन्ज आउँछ फेरी खोप आउँदैन ।’