२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , माघ ११, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौँ। नेपालमा मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १८ हजार १ सय ३ पिसिआर परिक्षणका क्रममा ९ हजार ४ सय ३२ जना र ७ हजार ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६  सय ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ३ हजार ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् । हाल नेपालमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।