images

शुक्रवार, चैत्र १६ गते २०८०

जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद

जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद

images
images
images
मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद

    परासी, ११ माघ ।
    नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई १८ वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ । 

    images
    images
    images

    प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको इजलासले आवश्यक प्रमाणका आधारमा पौडेललाई कसुर गरेको ठहर गर्दै आज अठार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार एवं सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

    प्रतिवादी पौडेलले बाबुआमासँगै आफन्तको घरमा गएकी बालिकालाई खेलिरहेको साँझको समयमा नयाँ लुगा किनिदिने भनी ललाईफकाई घरभन्दा केही पर लगी जबर्जस्ती करणी गरेको फैसलामा उल्लेख छ । गाउँलेले थाहा पाएलगत्तै प्रहरीलाई खबर गरेपछि आरोपित पौडेल तत्कालै पक्राउ परेका थिए । 

    अदालतले पीडित बालिकालाई रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ । प्रतिवादी पौडेलको आर्थिक अवस्था कमजोर रहेको र निजबाट क्षतिपूर्ति भराउने अवस्था नभएकाले अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम स्थापना भएको पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति भराउन आदेश गरेको स्रेस्तेदार पौडेलले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij