२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

कोेरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री केसी

मंगलवार , माघ ११, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बाँके, ११ माघ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको बताएका छन् । संघीय सरोकारवाला निकायसँग भर्चुअल छलफल गर्दै उनले जनताको जीवन रक्षाका लागि प्रदेश सरकार हरबखत प्रयासरत रहेको उल्लेख गरे ।

    प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौतीपूर्ण रहेकाले आवश्यक बजेट तथा स्वास्थ्य सामग्री सहयोग गर्नका लागि मुख्यमन्त्री केसीले संघीय सरकारलाई अनुरोध गरे । लुम्बिनी प्रदेशमा हाल सबै राजनीतिक दल र सरोकारवाला निकायबीच कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय भइरहेको उनले बताए । जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको भन्दै उनले जनताको जीवन रक्षालाई ध्यानमा राखेर अगाडी बढ्न सबैमा अनुरोध गरे ।

    मुख्यमन्त्री केसीले कोरोना नियन्त्रणका लागि भैरहवा, कृष्णनगर र नेपालगन्जमा होल्डिङ सेन्टर स्थापना गर्न प्रदेश सरकारले आवश्यक तयारी गर्न लागेको जानकारी दिए । रासस