२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

तीनै तहको निर्वाचन एकै पटक हुनुपर्छ : माधवकुमार नेपाल

बुधवार , माघ १२, २०७८

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन्। 

बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बतएका हुन् । एकै पटक निर्वाचन गरे उम्मेद्वारको पनि खर्च कम हुने उनले बताए ।

उनले संविधानलाई सर्वोपरी राखेर कानूनअनुरुप नै निर्वाचन हुनुपर्नेमा आफुहरुको जोड रहेको जिकिर गरे । अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा सवै सीट गठबन्धन दलले जित्ने दावी पनि गरे । राष्ट्रियसभाको निर्वाचनको परिणामले तरंग पैदा गर्ने उनको भनाई छ । त्यस्तै उहाले केपी ओली अल्पमतमा पर्ने भएपछि संसद बिघटन गरेको र त्यसपछि बाध्यताले प्रधानमन्त्री पद छोड्न बाध्य भएको जिकिर गरे ।

अध्यक्ष नेपालले केपी ओलीमा व्यक्तिवाद हावी भएको र पार्टीलाई गुटको आधारमा सञ्चालन गरेकाले आफुहरुले विद्रोह गर्नुपरेको बताए । उनले पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको लहर नै चलको बताए । कार्यक्रममा बिभिन्न पार्टीबाट आएका कार्यकर्तालाई समाजवादी प्रवेश गराइएको थियो ।