images
images

शनिवार, जेठ ५ गते २०८१

किसानको माग पूरा गर्न लुम्बिनी सरकारसंग जनमत पार्टीको माग

किसानको माग पूरा गर्न लुम्बिनी सरकारसंग जनमत पार्टीको माग

images
images
images
बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • किसानको माग पूरा गर्न लुम्बिनी सरकारसंग जनमत पार्टीको माग

    भैरहवा, १२ माघ ।
    किसानको माग यथाशिघ्र पूरा गर्न माग गर्दै जनमत पार्टीले बुधबार लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । जनमत पार्टीको नेतृत्वमा किसान एक महिनादेखि आन्दोलित भएकाले यथाशिघ्र पूरा गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

    images
    images
    images

    पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मालाई ११ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको हो ।

    किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चतता गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाईका लागि विद्युत निःशुल्क गर्नुपर्ने, उत्पादनको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने र उखु किसानको बाँकी वक्यौता रकम भुक्तानी गर्नुपर्ने जनमत पार्टीको माग छ ।

    त्यस्तै किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद, बीउ र कृषि औजारसहितका सामान ल्याउन पाइने सुविधा दिनुपर्ने, किसानको लागि पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्ने र गिरफ्तार आन्दोनकारीलाई निःशर्त रिहा गरी मुद्दा खारेज गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख सचिव शर्माले किसानको माग पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । 

    राष्ट्रिय सभाको निर्वाचनमा सहभागि हुन मुख्यमन्त्री कुल प्रसाद के.सी. दाङ रहेकाले जनमत पार्टीले प्रमुख सचिव शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij