२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि 

बुधवार , माघ १२, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौँ। नेपालमा बुधबार थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १३ हजार ५ सय ४९ पिसिआर  परिक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ५४ हजार ८८ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३१ हजार ७ सय १२ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।