images

शुक्रवार, बैशाख १४ गते २०८१

सिद्धार्थनगर नगरपालिकाको दशौं नगरसभा

सिद्धार्थनगर नगरपालिकाको दशौं नगरसभा

images
images
images
शुक्रवार, माघ १४ २०७८
शुक्रवार, माघ १४ २०७८
  • सिद्धार्थनगर नगरपालिकाको दशौं नगरसभा

    भैरहवा, १४ माघ । सिद्धार्थनगर नगरपालिकाको दशौं नगरसभा शुक्रबार सुरु भएको छ । नगर सभामा नगरप्रमुख हरिप्रसाद अधिकारीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावहरुमा नगरसभाका सदस्यहरुले सल्लाह सुझावहरु राखेका छन् । सभामा नगरप्रमुख अधिकारीले चालु वर्षको बजेट संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै गरी स्वास्थ्य सेवा व्यवस्थापन विधेयक र मध्यकालिन खर्च संरचना स्वीकृतीका लागि पनि सभामा प्रस्तुत भएको छ । 

    images

    प्रमुख अधिकारीले विगत २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोराना महामारीले पारेको प्रभावमा पनि कार्यसम्पादन गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।  नवौं नगरसभाले गरेका निर्णय बमोजिम यस आर्थिक वर्षको साउनदेखि पुससम्म नगरपालिकाले गरेका कार्यहरु प्रतिवेदनमा प्रस्तुत गरेका थिए । सभालाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले ५ वर्षको अवधिमा नगरमा नमुना काम गरेको र यो पाँच वर्ष स्वर्ण वर्ष रहेको बताए । प्रगति प्रतिवेदन तथा प्रस्तावहरुलाई अध्ययन गरी आगामी सोमबार छलफलमा सहभागी हुन उनले नगर सभासदहरुलाई आग्रह गरे । 

    कार्यक्रममा लामो समय नगरपालिकामा रहेर योगदान पुर्याएका सेवा निवृत वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ र इञ्जिनियर यमलाल पाण्डे तथा वित्तीय क्षेत्रमा लामो समयदेखि अतुलनीय योगदान गरेको भन्दै लेखा अधिकृत सन्तोष प्रसाद गुरुङलाई सम्मान गरिएको थियो । 

    सभामा नगरसभाका सदस्यहरु प्रकाश खड्का, दिपक श्रेष्ठ, सरोज ठकुरी, नारायण प्रसाद उपाध्याय, उमेश थापा, राजेन्द्र खड्का, रुपा पुन लगायतले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।

    कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ, यमलाल पाण्डे लगायतको आतिथ्यता रहेको थियो । नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij