२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

प्रतिनिधिसभाको बैठक २६ गते बस्ने

शनिवार , माघ १५, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १५ माघ ।
    यही १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ । 

    मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्नि प्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।