२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

ओमसतिया गाउँपालिकाका अध्यक्ष भन्छन्–अपवित्र गठबन्धन धेरै दिन टिक्दैन

आइतवार , माघ १६, २०७८

भैरहवा, १६ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले आफू सत्तामा रहिरन बनाइएको अपवित्र गठबन्धन अब धेरै दिन नटिक्ने दावी गरेका छन् । उनले गठबन्धन नीहित स्वार्थमा रहेको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘जनयुद्ध गर्ने पार्टी र त्यसको हत्याराबीच कहिलेसम्म सत्ता गठबन्धन चल्छ, हेर्दै जाउँ ।’

गत स्थानीय तहको निर्वाचनमा राहुल नेकपा (माओवादी केन्द्र)बाट ओमसतिया गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले पछिल्लो समय सामाजिक संजालमार्फत वर्तमान गठबन्धन सरकारले गरेका कामहरुबारे टिप्पणी गर्दै आएका छन् ।