images

शुक्रवार, बैशाख ७ गते २०८१

सहिद दिवसको अवसरमा स्रष्टाहरु सम्मानित 

सहिद दिवसको अवसरमा स्रष्टाहरु सम्मानित 

images
images
images
आइतवार, माघ १६ २०७८
आइतवार, माघ १६ २०७८
  • सहिद दिवसको अवसरमा स्रष्टाहरु सम्मानित 

    भैरहवा, १६ माघ । 
    सहिद दिवसका अवसरमा साहित्यकारहरु सम्मानित भएका छन् । सिर्जनशील साहित्यिक समाज (सिसास) ले ८१ औं सहिद दिवस तथा १८ औँ वार्षिकोत्सका अवसरमा कविहरुलाई सम्मान तथा पुरस्कार गरेको हो । सहिदहरुलाई सम्झँदै कार्यक्रममा बोल्ने वक्ताहरुले सहिद राष्ट्र निर्माणका नायक भएको हुनाले सहिदहरुलाई सम्झनुपर्ने बताए । 

    images
    images
    images

    सिर्जनशील साहित्यिक साहित्यिक पुरस्कार २०७८ बाट सिसासका पूर्व अध्यक्ष तथा सल्लाहकार पलाँस कविताका सर्जक कवि नारायण प्रसाद भण्डारी २१ हजार नगद राशीसहित पुरस्कृत भएका छन् । जसको मुल्यांकन समितिको संयोजक रुद्र ज्ञवाली थिए भने सदस्यहरुमा सीता काफ्ले र शशि पन्थी रहेका थिए । 

    सिर्जनशील साहित्यिक समाजको विशिष्ट खालको सम्मान सिर्जनशील स्रष्टा सम्मान २०७८ बाट समालोचक तथा समीक्षक डा. नारायणप्रसाद पन्थ सम्मानित भएका छन् । 

    सिर्जनशील श्री फाइनान्स साहित्यिक पुरस्कारबाट एकलव्य देव्रे हात कविता सङ्ग्रहका सर्जक कवि गिरी श्रीस मगर १५ हजार ५ सय ५५ राशीको पुरस्कारसहित सम्मानित भएका छन् । जसको मुल्यांकन समितिको संयोजक विजय सागर, सदस्य राम बहादुर श्रेष्ठ, सदस्य नारायण प्रसाद भण्डारी थिए । 

    सिर्जनशील गंगा साहित्यिक पुरस्कारबाट हाइकुकार डिबी पुन ११ हजार १ सय १ राशीसहित सम्मानित भएका छन् । जसको मुल्यांकन समितिको संयोजक प्रा.डा. कपिलदेव लामिछाने, सदस्यहरुमा हिरालाल धामी र नारायण प्रसाद भण्डारी रहेका थिए । 
    सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष छबिलाल न्यौपाने ५ हजार ५ सय ५५ राशीसहित सम्मानित भएका छन् । जसको मुल्यांकन समितिको संयोजक बालकृष्ण भट्टराई र सदस्यहरुमा विजय सागर र सुवास रिजाल थिए । 


    त्यस्तै सिर्जनशील छबिलाल साहित्यिक पुरस्कारबाट अनुराधा ढकाल २ हजार १ सय राशी सहित सम्मानित भएकी छन् । जसको मुल्यांकन समितिको संयोजक रुद्र ज्ञवाली, सदस्यहरुमा सुवास रिजाल र छवि ज्ञवाली थिए । 

    सिर्जनशील काशी प्रतिभा पुरस्कारबाट शंकर कहार नगद ५ हजार राशीसहित सम्मानित भएका छन् । उक्त पुरस्कार सिद्धार्थनगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दारलाई प्रदान गरिन्छ । जसको मुल्यांकन समितिको संयोजकमा तेजप्रसाद पन्थ, सदस्यहरुमा कमल पोख्रेल र विष्णुप्रसाद गजुरेल रहेका थिए । 

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै प्राज्ञ बूँद रानाले सिसासले सहिद दिवसका अवसरमा सहिदहरुलाई सम्झँदै कविहरुलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएकोमा धन्यवाद ज्ञापन गरे । 

    सिर्जनशील साहित्यिक समाज (सिसास)का अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकारहरु विजय सागर, सीता काफ्ले, वनमाली निराकार, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, पुरस्कार संस्थापकको तर्फबाट श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्की, सिर्जनशील रमाकान्त साहित्यिक पुरस्कारका संस्थापक मोतीप्रसाद शर्मा, सिसासका पूर्व अध्यक्ष सुरज घिमिरे लगायतले मन्तव्य राखेका थिए । पुरस्कृत स्रष्टाहरुको बारेमा सिसासका पूर्व अध्यक्ष सुवास रिजालले संक्षिप्त प्रकाश पारेका थिए । 

    त्यसै गरी सिर्जनशील साहित्यिक समाज (सिसास)को कार्यक्रममा सम्मानित स्रष्टा डाक्टर नारायण प्रसाद पन्थ र कवि तिलक लामिछाने आजीवन सदस्यवापतको शुल्क तिरेर आजीवन सदस्य बनेका छन् । त्यसै गरी केही दिन पहिले स्रष्टा राधा भट्टराई, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवाका प्रबन्धक अजय त्रिपाठी, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड लुम्बिनीका प्रबन्धक जितेन्द्र देव आजीवन सदस्य भएको सिसासका अध्यक्ष शशि पन्थीले बताए । सिसासका उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य तथा सह–सचिव विष्णु प्रसाद गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij