२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राप्रपा केन्द्रीय समितिको बैठक फागुन पहिलो साता

आइतवार , माघ १६, २०७८

काठमाडौं, १६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ । निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारी लगायत विषयमा छलफल हुने उनले बताए ।

गत मंसिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ । 

उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भरचुल माध्यमबाट बैठक सम्पन्न गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढदै गएकाले वाग्मती प्रदेश र प्रदेश नं १ मा विस्तारित बैठक तथा आमसभा हाललाई स्थगन गरिएको उनले बताए ।

राप्रपाले मधेश प्रदेशमा भेला सम्पन्न गरेको भए पनि विस्तारित बैठक रोकिएको छ । कर्णाली प्रदेशमा आमसभा हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ । रासस