२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

निर्वाचन नगराउन षडयन्त्र भइरहेको छ : टोपबहादुर रायमाझी

बिहिवार , माघ २०, २०७८

काठमाडौं, २० माघ ।
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउन षडयन्त्र भइरहेको आरोप समेत लगाए  ।

उनले भने, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।” रासस