२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

कृष्णनगरका नगरप्रमुख शाह कांग्रेस प्रवेश गर्दै

शुक्रवार , माघ २१, २०७८

  • 15.9K
    Shares
  • 15.9K
    Shares
  • बुटवल, २१ माघ । 
    कपिलवस्तको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने जनाएका छन् । नगरप्रमुख शाह भोली शनिबार नेपाली कांग्रेसमा प्रवेश गर्ने सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । शाहले आफ्नो फेसबुक वालमा लेख्दै सो जानकारी दिएका हुन् ।

    तत्कालीन समयमा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी शाह काङ्ग्रेस प्रवेश गर्न लागेको बताए । उनले कांग्रेस देशको ठूलो र लोकतान्त्रिक पार्टी भएकाले प्रवेश गर्न लागेको बताए ।  उनले फेसबुकमा लेखेका छन, ‘मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगर सभापति, क्षेत्रीय सभापति, भातृ संगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशिल सदस्यज्यूहरुमा मेरो जय नेपाल अभिवादन टक्रयाउँदै भोलि मिती २०७८/१०/२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तकसहित देशको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।’

    उनका भतिज अभिषेक प्रताप शाह प्रतिनिधिसभा सदस्य हुन् । शाह कांग्रेसबाट विजयी बनेका थिए । उनैले नै साहलाई कांग्रेसमा ल्याएको बुझिएको छ ।