२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

कृष्णनगर प्रमुख शाह कांग्रेसमा प्रवेश, लुम्बिनी सभापति पुनले गरे स्वागत 

शनिवार , माघ २२, २०७८

बुटवल, २२ माघ । 
कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा स्थानीय निर्वाचनमा कृष्णनगर नगरको प्रमुख पदमा निर्वाचित नगर प्रमुख शाह नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका हुन् । 

आफनै निजी निवासमा औपचारिक कार्यक्रम आयोजना गरी उनी कांग्रेसमा प्रवेश गरेका हुन । शाहलाई कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीमा स्वागत गरेका हुन् ।

लामो समयदेखि प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहसँग दुरी बढाएका नेता रजत स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेसमा प्रवेश गरेका हुन् । सांसद शाहकै पहलमा रजत पार्टी प्रवेश गरेको बुझिएको छ । पछिल्लो समय दुई नेताबीचको आपसी सम्बन्ध प्रगाढ हुँदै गएको देखिन्छ ।

हिजो मात्रै शाहले कांग्रेस प्रवेश गर्ने सामाजिक संजाल फेसबुकमा स्टाटस राखेर कांग्रेस प्रवेश गर्न थालेको जनाएका थिए । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेता रजतले कांग्रेस रोजेको नेताहरुले बताए । कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन, प्रतिनिधिसभा सदस्य शाह, नवप्रवेशी शाह लगायतले बोलेका थिए ।