२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार

शनिवार , माघ २२, २०७८

काठमाडौं, २२ माघ ।
म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी बिहीबार हुने भएको छ ।

यही माघ २७ गते अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।