
शनिवार , माघ २२, २०७८
भैरहवा, २२ माघ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल मायादेवी गाउँपालिका वडा नम्बर ८ को विस्तारित वडा भेला शनिबार सम्पन्न भएको छ । भेलाले कृष्ण बहादुर गुरुङको अध्यक्षतामा ३७ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा राम कुवर, सचिवमा सुनिल यादव, सह-सचिवमा प्रेम बहादुर बस्नेत र कोषाध्यक्षमा अस्मिता थापा रहेका छन् ।
कार्यक्रममा नवगठित कार्यसमितिलाई प्रमुख अतिथि राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमित कुमार शुक्लाले सपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै शुक्लाले समाज रुपान्तरणमा राष्ट्रिय युवा संघको महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै विशिष्ट अतिथि नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य शंकर ज्ञवाली, मायादेवी–८ का वडाअध्यक्ष चोक बहादुर थापा, एमाले वडा नम्बर ८ कमिटीका अध्यक्ष विश्वराज काफ्ले लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij