२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

एमसीसीबारे सरकारले स्पष्ट धारणा ल्याओस् : एमाले उपमहासचिव ज्ञवाली

आइतवार , माघ २३, २०७८

बुटवल, २३ माघ ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमसीसीको विषयमा सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने बताएका छन् । उनले सरकारले यो परियोजनालाई पास गर्ने वा नगेर्नमा स्पष्ट धारण ल्याउन आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले तत्कालीन समयमा पनि कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको सरकारले यो सम्झौता गरेको स्मरण गर्दै उनले यतिबेला पनि गठबन्धन रहेको समयमा स्पष्ट धारण ल्याउनुपर्ने बताए । “एमसीसी सम्झौतालाई यो गठबन्धनका साथीहरुले गिजोल्न लाग्नुभयो । अमेरिकालाई ५ महिनाभित्र पास गर्छौ भन्ने यता जनतालाई संशोधन बिना पास गर्देनौ भन्दै झुटा कुरा गरेर हुँदैन् ।” उनले भने, “सरकारले के गर्न खोज्दैछ स्पष्ट पार्नुस । सरकारको तर्फबाट र गठबन्धनको तर्फबाट स्पष्ट धारण ल्याओस । पास गर्न उहाँहरुसंग बहुमत छँदैछ ।’’

नेकपा एमाले प्रतिपक्षमा रहेको बताउँदै उनले भने, “प्रतिपक्षले चाहनु र नचाहनुमा यतिबेला कुनै फरक पर्दैन, हामी हाम्रा एजेण्डा पास गराउन पनि सक्दैनौँ, फेल गराउन पनि ।’’ पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले भने, “एमसीसी झण्डै ८ वर्ष लगाएर नेपाल आफैले ल्याएको परियोजना हो ।,२०१० देखि नेपाल यो विषयमा जोडिँदै आएको छ । ६–७ जना प्रधानमन्त्रीहरु यसमा जोडिनुभयो । नेपालले यो परियोजना आवश्यक छ भनेर त्यतिबेला छनोट गरेको हो ।’’

एमसीसीमा कुनै राष्ट्रिय हितविपरीत कुनै प्रावधानहरु छन् भने क्षमायाचना गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “यदि यसमा कुनै राष्ट्रिय हितविपरीत कुनै प्रावधानहरु छन् भने सबैभन्दा पहिले जसले हस्ताक्षर गरेको हो उसैले आफुनो आत्मालोचना गर्नुपर्दैन् ?”
सोही प्रसंगमा उनले तत्कालीन समयमा हस्ताक्षर गर्ने अर्थमन्त्री ज्ञानेन्द्र काकी रहेको स्मरण गर्दै अहिले पनि यो ठिक छ वा छैन भनेर ५ वर्षपछि त्यसको अध्ययन गर्ने कार्यदलमा पनि रहेकोमा व्यंग्य गरे । उनले भने, ५ वर्ष अघि उहाँहरु निद्रामा हुनुहुन्थ्यो की अरु कसैले झुक्कयाएर सही गरायो कि रु ठिक थियो भने ठिक छ भनेर भन्नुपर्याे, ठिक छैन भने हामीले गल्ती गरेछौँ भन्नुपर्यो । सर्पदेखे दुला बाहिर हात, माछा देखे दुलाभित्र हात जस्तो व्यवहार देखाउनुहुँदैन् ।’’ उनले यो विषयमा नेकपा एमालेले उपयुक्त समयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने उल्लेख गरे ।