
सोमवार , माघ २४, २०७८
भैरहवा, २४ माघ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने तयारीमा छन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गरी पार्टीमा कहिले प्रवेश गर्ने भन्ने धारणा बनाउने शुक्लाले खबरपात्रोलाई बताए ।
‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी.संगै हाम्रो टोलीले अध्यक्ष प्रचण्डसंग भेटघाट गरेपश्चात पार्टीमा कहिले प्रवेश गर्ने भन्ने विषयमा छलफल हुनेछ, ’अध्यक्ष शुक्लाले भने ।
गत स्थानीय तहको निर्वाचनमा शुक्ला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बाट सम्मरीमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको केही महिनापछि नेकपा (एमाले)मा प्रवेश गरेका उनले उक्त पार्टी परित्याग गरेका थिए । पछि शुक्ला जनमत पार्टीमा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij