२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय    

सोमवार , माघ २४, २०७८

काठमाडौं, २४ माघ । 
सरकारले स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।  

निर्वाचन आयोगले एकैचरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।