
सोमवार , माघ २४, २०७८
बुटवल, २४ माघ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रहरी र एमालेको भातृ संगठन अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी अनेरास्ववियुका कार्यकर्ताहरु घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धीका बिरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
अनेरास्ववियुका कार्यकर्ताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि उनिहरूलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij