
मंगलवार , माघ २५, २०७८
भैरहवा, २५ माघ ।
लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रुपन्देहीको देवदह निवासी भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij