२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

फागुन २ सम्मकालागि प्रतिनिधिसभा बैठक स्थगित

बुधवार , माघ २६, २०७८

काठमाडौँ।  प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । 

बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।