२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

जनमुक्तिको ‘जनता जागौं’ अभियान 

बुधवार , माघ २६, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, २६ माघ । 
    राष्ट्रिय जनमुक्ति पार्टीले ‘जनता जागौं’ अभियानलाई निरन्तरता दिएको छ ।  अभियानअन्तर्गत पार्टीले एमसीसी परियोजना, भ्रष्टाचार र आरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसलाको विरोधमा बुधबार रुपन्देहीको मंगलापुरमा कार्यक्रम गरेको छ ।

    सो कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी थरुहट मधेश प्रदेश अध्यक्ष झमबहादुर गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई संसदबाट पारित हुन नदिन दवावका लागि आम नेपाली जनता जाग्नुपर्ने बेला आएको बताए । देशमा भ्रष्टाचारले सीमा नाघेको, बेथिति बढेको र आरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेकाले त्यसविरुद्ध पनि जनता जाग्नुपर्नेमा अध्यक्ष गुरुङले जोड दिए । 

    पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापा मगरले एमसीसीका विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमाले दुबैले गलत र अवसरवादी रवैया देखाएको हुँदा जनताले नै जनतालाई सही जानकारी दिएर यसको विपक्षमा जनमत बनाउनुपर्ने बताए । 

    कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका तिलोत्तमा नगर अध्यक्ष भोमबहादुर बुढामगर,सचिव प्रेम कनौजे मगर, जनमुक्ति युवा संघ तिलोत्तमा अध्यक्ष बुद्धि थापाले बोल्दै एमसीसी परियोजनाविरुद्ध रहेका दल र शक्तिहरु एकजुट भएर सरकार र प्रतिपक्षलाई खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।