२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

बिहिवार , माघ २७, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २७ माघ । 
    रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आफ्नो कार्यकाल सकिनै लाग्दा बिहीबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

    उनलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा (एमाले) मा प्रवेश गरेका थिए । उनले आफ्नी पत्नी पल्लवी शुक्लालाई एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार समेत बनाएका थिए । पछिल्लो समय सीके राउत नेतृत्वको जनमत पार्टीसँग नजिक रहेका शुक्ला चुनाव घोषणापछि माओवादीमा प्रवेश गरेका हुन् ।

    शुक्लासँगै नेपाली कांग्रेसबाट निर्वाचित सोही गाउँपालिकाका वडाध्यक्ष श्रवणकुमार यादव समेत माओवादीमा प्रवेश गरेको बताइएको छ ।