२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

गिरफ्तार गरिएका नेता कार्यकर्तालाई रिहा गर्न जनमत पार्टीको माग

शुक्रवार , माघ २८, २०७८

काठमाडौं, २८ माघ ।
गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्तिपूर्ण रूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तार भएको जनाउँदै उनीहरुले रिहाइका लागि माग गरे । 

शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । सो अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए । रासस