२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी ८७ जना राप्रपामा प्रवेश

शनिवार , माघ २९, २०७८

भैरहवा, २९ माघ । 
विभिन्न पार्टी परित्याग गरी ८७ जना नेता तथा कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा युवा व्यवसायी कृष्ण अर्याल, नेपाली कांग्रेसका क्रियाशिल सदस्य प्रभात ज्ञवाली, पूर्व वडाअध्यक्ष अब्दुल हामिद, सिद्धार्थनगर वडा नम्बर ९ का नेता  तथा भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नसरुद्दीन पठान, सलाउद्दीन पठान, महिला नेतृ अञ्जना ज्ञवाली लगायत नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।
 

273633463_2806339362999225_2821589148248758510_n.jpg

राप्रपाले सिद्धार्थनगर–९ मा आयोजना वृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुसहित ८७ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक अजय कुमार गुप्ताले जानकारी दिए । 

273563759_2806339002999261_5135852302937618274_n.jpg


पार्टीका सिद्धार्थनगर वडा नम्बर ९ का अध्यक्ष सरोज भट्टराईको अध्यक्षता तथा जिल्ला सचिव बलराम शर्माको सञ्चालनमा भएको कार्यकर्ममा राप्रपाका केन्द्रिय सदस्य बसन्तविक्रम शाही, लुम्बिनी प्रदेश प्रवक्ता दीपक पाण्डे, जिल्ला अध्यक्ष सागर प्रताप राणा, जिल्ला उपाध्यक्ष गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, नव प्रवेशी प्रभात ज्ञवाली लगायतले बोल्दै पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन लागि पर्नुपर्नेमा जोड दिए । 

वडा नम्बर ९ मा प्रबेश गरेको जनलहरले राप्रपालाई नगरमा विजयी गराउने संकेत देखाएको भन्दै एकढिक्का भएर पार्टी क्रियाकलापमा लाग्नुपर्नेमा उनीहरुले जोड दिए ।