शनिवार , माघ २९, २०७८
भैरहवा, २९ माघ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक सय जना बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट शुद्धोधन गाउँपालिकाको अध्यक्षका उम्मेदवार तथा माओवादी केन्द्र शुद्धोधनका उपाध्यक्ष गोविन्द चौधरीसहित एक सय बढी एमालेमा प्रवेश गरेका हुन् ।
एमाले शुद्धोधन गाउँपालिका कमिटीले शनिबार शुद्धोधन–५ स्थित मानपकडीमा आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र, राप्रपा लगायतका पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपानेले पछिल्लो समय एमालेमा प्रवेशको लहर नै चलेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरी, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., गोविन्द चौधरी, नर बहादुर घर्ती, विष्णु गौतम, राजेन्द्र कंडेल, नरेन्द्र भण्डारी लगायतले बोलेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
