
शनिवार , माघ २९, २०७८
बर्दिया, २९ माघ ।
बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पुर्याएर फर्कने क्रममा भे २ त १३१६ नम्बरको ट्याक्टर आज अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।
ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको र दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij