
आइतवार , फाल्गुण १, २०७८
भैरहवा, १ फागुन ।
२७ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी भैरहवा, रुपन्देहीले फलफूल वितरण गरेको छ । कमिटीले आइतबार एक कार्यक्रमकाबीच भैरहवास्थित भीम अस्पतालमा फलफूल वितरण गरेको हो । कार्यक्रममा अस्पतालमा उपचाररत ५० जना बिरामीलाई फलफूल वितरण गरिएको माओवादी केन्द्र सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले मुलुकको आमुल परिवर्तनमा महान जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण बहादुर जि.सी. (निर्मल), रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)ले बोलेका थिए ।
पार्टीका सिद्धार्थनगर कमिटी अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ (क) को अध्यक्ष मनिष जोशी, सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खान, नगर उपाध्यक्षद्वय मेराज खान, ध्रुव लामगादे, नगर सचिव केशव कुंवर, कोषाध्यक्ष डम्बर खत्री, सह-सचिव दिलिप प्रजापति, नगर सचिवालय सदस्य कृष्ण मरासिनी, रविन मल्ल, रामप्रसाद वि.क., अनेरास्ववियु (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष कपिल चापागाई, सुनिल कान्दु, अनिरुद्ध दुवे, इस्तियाक अहमद लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij