
आइतवार , फाल्गुण १, २०७८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् ।
२७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् ।
उनले अहिलेको गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको भन्दै कुनै एउटा खास परियोजनाका लािग गठबन्धन नगरिएको स्पष्ट पारे । उनले गठबन्धन जुन मुल्य र मान्यतामा रहेर गठबन्धन बनाइएको हो त्यसैमा जनता समेत दृढ रहेको जिकिर गरे ।
प्रचण्डले प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले भनेअनुसार पछि सारिए पनि आरोप आफूमाथि लगाइएको गुनासो गरे । उनले माओवादी नेतृत्व र नेताहरुलाई बदनाम गराउने षडयन्त्र अनुसार आफूमाथि आरोप लगाइएको जिकिर गरे ।
प्रचण्डले अहिलेको अवस्थामा जनयुद्धको महत्व स्थापीत हुँदै गएको धारणा राखे । कार्यक्रममा सिन्धुलीका दिर्घ राज श्रेष्ठलाई माओवादीमा प्रवेश गराएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij