२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुन्छ : कानुनमन्त्री बडु

आइतवार , फाल्गुण १, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौँ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन्। 

    आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गर्दै संवैधानिक निकास दिनका लागि महाअभियोग दर्ता भएको बताएका हुन् । उनले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गरेको पनि बताए ।

     

    मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दावी गरे ।