२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

धकधईमा पार्टी प्रवेश कार्यक्रम गर्न एमालेले तोक्यो जिम्मेवारी 

आइतवार , फाल्गुण १, २०७८

भैरहवा, १ फागुन ।
नेकपा एमाले रोहिणी तथा ओमसतिया गाउँ कमिटीको संयुक्त बैठक धकधईमा सम्पन्न भएको छ । बैठकले माघ २ गते आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न गर्न विभिन्न जिम्मेवारी तोकेको छ । जसअन्तर्गत ओमसतियामा इन्द्रजित यादव, रोहिणीमा नरसिंह चौधरीलाई जनपरिचालनको जिम्मेवारी दिइएको छ । 

त्यसै गरी पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय र संजय गुप्ताको संयोजनमा मञ्च व्यवस्थापन तथा स्थानीय रुपमा समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरिएको छ । 

स्वयंसेवक व्यवस्थापनमा पार्टीका रोहिणी गाउँ कमिटीका सचिव भोला क्षेत्री (राजाबाबु) लाई जिम्मेवारी तोकिएको छ । 

पार्टीका ओमसतिया गाउँ कमिटीका अध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–ईन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल लगायतले बोलेका थिए । वक्ताहरुले एमालेप्रति जनलहर बढदै गएको बताउँदै पार्टीमा आउनेलाई उचित जिम्मेवारी दिइने बताए ।

विभिन्न राजनीतिक दलका व्यक्तिहरुलाई पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्माले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको पार्टीका ओमसतिया गाउँ कमिटी सचिव श्याम बस्यालले बताए ।