
आइतवार , फाल्गुण १, २०७८
भैरहवा, १ फागुन ।
२७ औं जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मायादेवी गाउँपालिका कमिटीले आइतबार सांझ दीप प्रज्जवलन गरेको छ ।
कमिटीले मायादेवी गाउँपालिका–७ स्थित हाटीबनगाईमा दीप प्रज्जवलन गरिएको पार्टीका युवा नेता भोलु मिश्राले बताए ।
भोलु मिश्राको अध्यक्षता तथा माओवादी केन्द्र क्षेत्र नम्बर ४ का इञ्चार्ज सन्त कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा नेता विमल कुमार पाठक लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij