२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने

आइतवार , फाल्गुण १, २०७८

रुपन्देही, १ फागुन ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरु दाङमा गर्ने भएको छ । प्रदेश राजधानीका सबै कार्य प्रदेशको मुकाम बुटवलबाट सञ्चालन भइरहेको भएपनि स्थापना दिवस भने यही फागुन ३ गते दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आज बुटवलमा पत्रकार सम्मेलन गरी स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको तयारी पूरा भएको जानकारी दिए । मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउने तयारी गरिएको बताए । 

प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभुषण प्रदान गर्ने कार्यक्रम छ । मन्त्री शर्माले प्रदेश सभाले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिविधि दाङमा हुनु स्वभाविक भएको बताए । रासस