images

शुक्रवार, चैत्र १६ गते २०८०

१० महिनामा १० वर्ष बढी सजाय भएका २९ फरार प्रतिवादी पक्राउ

१० महिनामा १० वर्ष बढी सजाय भएका २९ फरार प्रतिवादी पक्राउ

images
images
images
सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • १० महिनामा १० वर्ष बढी सजाय भएका २९ फरार प्रतिवादी पक्राउ
    जिल्ला प्रहरी कार्यालय रुपन्देही । तस्विर : खबरपात्रो

    भैरहवा, २ फागुन ।
    रुपन्देहीमा १० महिनाको अवधिमा १० वर्ष बढी सजाय भएका २९ जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ । रुपन्देही जिल्लाअन्तर्गत अपराधमा संलग्नमा भइ फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले २०७८ वैशाखदेखि रुपन्देही प्रहरीले ‘फरार प्रतिवादीविरुद्धको अपरेशन’ सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म जघन्य अपराधमा संलग्न १० वर्ष बढी सजाय भएका २९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

    images
    images
    images

    सोही क्रममा प्रहरीले जबर्जस्ती करणी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतबाट २०६६ जेठ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भइ फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षिय प्रेम पाण्डे रहेको डीएसपी पौडेलले जानकारी दिए । प्रहरीका अनुसार गत माघ २९ शुक्रबार गते वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले प्रेमको घरबाटै उनलाई फेला पारी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालत पेश गरिएको थियो । उनलाई कैद भुक्तानका लागि फागुन १ गते आइतबार जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।


                

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij