२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

पार्टीबाटै असहयोग भएकाले जसपा परित्याग गरे : सनोज यादव

सोमवार , फाल्गुण २, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २ फागुन ।
    नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले पार्टीबाटै असहयोग भएका कारण आफूले जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरेको बताएका छन् । उनले पार्टीभित्रैबाट आफूलाई भ्रष्टाचारी भनिएको बताए । उनले भने, ‘म भन्न चाहन्छु, भ्रष्टाचारी प्रमाणित गर्नुहोस्, राजनीति छोडछु ।’ जहाँ विधि, विधान सिस्टम छैन, त्यहाँ रहनुको फाइदा छैन । ’  

    सोमबार नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले समग्र रोहिणीको विकासमा एमाले नेतृत्वको सरकारले सहयोग गरेको बताए । ‘एमालेलाई मधेशविरोधी भनिन्छ तर एमाले मधेशविरोधी भएको भए क्षेत्र नम्बर १, रुपन्देहीबाट जनताले कसरी एमालेलाई जिताए ? उनले प्रश्न गरे । ‘

    कार्यक्रममा अध्यक्ष यादवलाई एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी. लगायत नेताले पार्टीमा प्रवेश गरेका थिए । यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टी, नेपालबाट रोहिणी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।