२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

बुटवलको विकासको नमूना अनुसरण गर्न लायक : छविलाल विश्वकर्मा

मंगलवार , फाल्गुण ३, २०७८

लुम्बिनी, ३ फागुन ।
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले बुटवल उपमहानगरपालिकाको विकासको नमूना नेपालका अन्य नगरपालिकाले समेत अनुसरण गर्नुपर्ने बताएका छन् । बुटवलले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, ब्यापारलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको उनको भनाइ थियो । 

बुटवल उपमहानगरपालिकाले ६३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सचिव विश्वकर्माले बुटवल मुलुककै नमूना नगरको रुपमा चिनिएको बताए । बुटवललाई समृद्ध बनाउने गरी तय गरिएका योजना साकार हुँदै गएको उनले उल्लेख गरे । पाँचौँ पटक पनि निरन्तर कार्यसम्पादन मूल्यांकनमा नेपालकै पहिलो स्थानमा आउनु आफँैमा गौरवको विषय भएको र बृहत् बुटवलको अवधारणा महत्वपूर्ण रहेको नेता विश्वकर्माको भनाइ थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैँमा गौरवपूर्ण इतिहास बोकेको सहर भएको उल्लेख गर्दै इतिहासलाई साक्षी राखेर विकासको पथमा निरन्तर अघि बढ्दै गएको बताए । उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउने गरी काम गरिएको उल्लेख गरिन् । रासस