२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

सिद्धार्थनगर–७ मा विभिन्न पार्टी परित्याग गरी ३१ जना राप्रपामा प्रवेश

बुधवार , फाल्गुण ४, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ४ फागुन ।
    भैरहवामा विभिन्न पार्टी परित्याग गरी ३१ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ कमिटीले मंगलबार आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

    कार्यक्रममा राजकुमार अग्रहरीको संयोजकत्वमा ७ सदस्यीय युवक संगठन तथा शान्ति थारु गैरेको संयोजकत्वमा ७ सदस्यीय महिला संगठन गठन गरिएको राप्रपाले जनाएको छ ।

    273889587_1544223932621280_4090389980121712286_n (1).jpg

    पार्टीका वडा नम्बर ७ इकाई अध्यक्ष रमजान मुसलमानको अध्यक्ष, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता, दीपक पाण्डे, विश्व प्रकाश श्रेष्ठ, अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यता तथा बलराम शर्मा, राजेश ढकाल, चन्द्रभक्त श्रेष्ठ, अर्जुन थापा, शंकर खत्री, सुमित्रा वि.क. लोहनी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।