२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

विभिन्न वडामा राप्रपाको टोल समिति गठन

बुधवार , फाल्गुण ४, २०७८

भैरहवा, ४ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा मंगलबार सिद्धार्थनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाका विभिन्न वडाहरुमा टोल समिति गठन गरिएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक अजय कुमार गुप्ताले बताए ।

सिद्धार्थनगर–९ स्थित उदयपुरमा जगन्नाथ यादवको अध्यक्षतामा २३ सदस्यीय टोल समिति गठन गरिएको छ । राप्रपाका युवा नेताद्वय कृष्ण अर्याल र प्रभात ज्ञवालीको विशेष पहल तथा सक्रियतामा टोल समिति गठन कार्यक्रममा स्थानीय युवाहरुको उल्लेखनीय सहभागिता रहेको पार्टीले जनाएको छ ।

त्यस्तै शुद्धोधन गाउँपालिका-२ स्थित राधाकृष्ण टोलमा फेकु थारुको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ ।त्यसै गरी शुद्धोधन गाउँपालिका–४ स्थित फर्साटिकरमा राम बहादुर थारुको संयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । राप्रपा शुद्धोधन गाउँपालिका अध्यक्ष पुष्प थारु, प्रदेशसभा ३ (ख) अध्यक्ष प्रेम बहादुर कुवर, संसदीय क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की, शुद्धोधन वडा नम्बर २ का अध्यक्ष ओम पौडेल, ४ का अध्यक्ष पल्टन थारु लगायतको विशेष पहल तथा सक्रियतामा टोल समिति गठन गरिएको पार्टीले जनाएको छ ।