२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादीको निर्णय

बुधवार , फाल्गुण ४, २०७८

काठमाडौँ। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतामा रहेका असमान र राष्ट्रिय हितविपरीतका स्वार्थ परिमार्जन नगरी यथास्थितिमा अगाडि बढाए पारित गर्न नसकिने बताए ।

उनले एमसीसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने भन्दै कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने बैठकले निर्णय गरेको बताए ।

गुरुङले सरकारमा रहेका पाँचवटै दलबीच सहमति नभइ एमसीसी अगाडि बढाइए आफूहरू सरकारबाट बाहिरिने उल्लेख गरे ।

यसअघि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।