
बुधवार , फाल्गुण ४, २०७८
भैरहवा, ४ फागुन ।
युवा नेता अर्जुन कुर्मी माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । लुम्बिनी निवासी कुर्मी नेकपा (एमाले) परित्याग गरी नेकपा (एस) मा प्रवेश गरेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमकाबीच नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल तथा लुम्बिनी प्रदेश संयोजक मेटमणि चौधरीले कुर्मीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij