२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री (भिडिओ)

बिहिवार , फाल्गुण ५, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने बताएका छन् ।

    बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा पास फेल जे भएपनि जनताका प्रतिनिधिहरूको थलो सदनले नै टुङ्गो लगाउने बताएका हुन्। 

    उनले एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको गुनासो गरे । अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने जिकिर गरे । उनले पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको बताए ।

     

    कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा अरुको कुरा नसुनी सरकारले उचित कदम चाल्नुपर्ने बताए । उनले बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले नमिल्ने धारणा राखे ।

    त्यस्तै पुस्तकका लेखक एवं कांग्रेस नेता अर्जुन नरसिंह केसीले छिमेकी मुलुकसंगको सम्बन्ध सन्तुलित पार्ने क्षमता कांग्रेससंग मात्र रहेको बताए ।

    केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।