२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

नेकपा एसले एमसिसि टेवल गर्न नरोक्ने

शनिवार , फाल्गुण ७, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सहमतिका आधारमा एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । 

    शनिबार काठमाडौंमा बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी सम्झौताका बारेमा सदनमा छलफल गर्न पाउनुपर्ने भन्दै सहमतिका आधारमा यसलाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको हो। यद्धपी बैठकले यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

    यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए। सम्झौतामा धेरै बिषय बिरोधाभाष रहेकाले यसको संशोधन अनिवार्य रहेको बताए। टेबल गर्ने कुरामा धेरै आपत्ति नरहेको भन्दै खतिवडाले यसका केही विषयहरू स्पष्ट हुनुपर्ने धारणा राखे। उनले एमसीसीलाई जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने बताए। 

    उनले एमसीसीका बारेमा सदनमा छलफल गर्न अवरोध हट्नुपर्ने पनि बताए। गठबन्धन दलभित्र एमसीसीका बारेमा विवाद भएका कारण सदनमा टेबल हुन सकेको छैन् ।