२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

चीनमा चालकविहीन रोबोटले सडक सफाइका साथै सडकका खाल्डाखुल्डी पनि पहिचान गर्ने

आइतवार , कार्तिक १५, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • काठमाडौं, १५ कार्तिक । चीनको नानजिङ सहरमा सडक सफाइको कामलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन चालकविहीन (ड्राइभरलेस) सफाइ रोबोटहरू परिचालन गरिएको छ ।

    यी अत्याधुनिक रोबोटहरूले प्रतिघण्टा ७ हजार वर्गमिटर क्षेत्रको सडक सफा गर्नुका साथै सडकको अवस्था र भौतिक पूर्वाधारमा भएको क्षतिलाई समेत पहिचान गर्ने क्षमता राख्छन् । चीनको नानजिङ शहरमा शुरु गरिएको यो नयाँ प्रविधिले सहरको सरसफाई व्यवस्थापनमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । मानवरहित यी उपकरणहरूमा जडित अत्याधुनिक सेन्सर र क्यामेराहरूले सडकमा रहेका फोहोरलाई मात्र नभई सडकका खाल्डाखुल्डी र अन्य क्षतिग्रस्त सार्वजनिक संरचनालाई पनि तत्कालै पहिचान गर्न सक्छन् ।

    परम्परागत सफाइ विधिको तुलनामा यी रोबोटहरूले निकै छिटो र व्यवस्थित रूपमा सडक सफा गर्न सक्छन् । प्रतिघण्टा ७ हजार वर्गमिटर क्षेत्रफल समेट्न सक्ने क्षमताका कारण सहरको मुख्य भागमा कामको चाप कम हुने विश्वास लिइएको छ ।

    विशेषगरी, यी रोबोटहरूले केवल सफाइमा मात्र सिमित नभई सडकको गुणस्तर अनुगमनमा पनि मद्दत पु¥याउनेछन् । सडकको सतहमा देखिने क्षतिहरूलाई समयमै पहिचान गरी सम्बन्धित निकायलाई सूचना दिने भएकाले मर्मतसम्भार कार्यलाई थप चुस्त बनाउन यो प्रविधि कोसेढुङ्गा साबित हुनसक्ने विज्ञहरूको भनाइ छ । शहरको भौतिक पूर्वाधार सुरक्षित राख्न र व्यवस्थित सहर निर्माणका लागि चीनको यो कदमलाई प्रविधिको ठूलो फड्कोका रूपमा हेरिएको छ ।